MORNING NEWS HEADLINE_2076-10-18 - NEWS24 TV
Description
बेलायतमा युरोपेली संघबाट औपचारिक रुपमा बाहिरिएको छ । यसले युरोपमा विगत करिब आधा शताब्दी चल्दै आएको व्यवस्थामा परिवर्तन गरेको छ । नेकपाको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व र सरकारको चर्को आलोचनासँगै एमसीसीबारे गर्मागर्मी बहस जारी छ । पारित गर्नैपर्ने, गर्न नहुने र विज्ञ समूह बनाएर थप अध्ययन गर्नुपर्ने तीन थरी धारणाले एमसीसीको बहस फेरि स्थायी कमिटी हुँदै सचिवालयमै फर्किने संभावना देखिएको छ । सदस्यहरुले जनप्रतिनिधिको सम्पक्ति छानविनको माग गरेर सकारात्मक सन्देश दिएका छन् । यता, दस महिनाको अनुसान्धनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा तीन जना पूर्व सचिवविरुद्ध अख्तियारमार्फत भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको त्रासले बढाएको सचेतनासँगै नेपाली बजारमा ‘माक्स’कै अभाव हुन थालेको छ । यि बाहेक हामीसँग ‘ए’ डिभिजन लिगमा हराएको रौनक समाचार रहेको छ । तर,
मर्निङ न्यूजका हेडलाइन्स्
१. बेलायत युरोपेली संघबाट बाहिरियो, नयाँ विहानीको शुरुवात भएको बेलायती प्रधानमन्त्री जोनसनको भनाइ ।
२. नेकपा बैठकमा धारणा राख्ने ४ मध्ये ३ समूह एमसीसीको विपक्षमा, विज्ञ समूह बनाउन सुझाव, जनप्रतिनिधिको सम्पक्ति छानविन गर्न माग ।
३. ललिता निवास जग्गा प्रकरणमा बस्नेत, पन्त र अधिकारी मुख्य दोषी, थप अनुसन्धान गरेर भ्रष्टाचार मुद्दा चलाउन गृह मन्त्रालयलाई सिआइबीको सिफारिस ।
४. कोरोना भाइरसको त्रास नेपालमा पनि, स्वास्थ्य मन्त्रालयद्वारा तीन समिति गठन, चीनसँग जोडिएका सीमा नाकामा पठाइयो चिकित्सकको टोली, माक्सको पनि अभाव ।
५ र, एसीसी इस्टर्न रिजन पुरुष टी ट्विान्टी कपका लागि प्रारम्भीक राष्ट्रिय टोलीको घोषणा, शेर मल्ल पहिलो पटक राष्ट्रिय टोलीमा ।
SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews
Comments